गण्डक न्युज पोखरा, १४ चैत / पोखराबाट नारायणगढतर्फ जाँदै गरेको मिनीबस तल्लो गगनगौंडा नजिकै लामेआहालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट छुटेको पृथ्वी यातायातको ना ५ ख ३४१ नम्बरको बस बिहान सवा ८ बजेतिर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा लमजुङ धमिलीकुवा घर भएका ४० वर्षीय सुजन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनी बसका सहचालक हुन् । दुर्घटनामा घाईते भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा साढे नौ बजेतिर दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा पोखरा लामाचौर १९ का ३० रमेश गैरे, २४ वर्षीय शंकर नेपाली, पोखरा १४ चाउथेका २१ वर्षिय विमश सुनार, चितवनकी ३४ वषीएया विना गुरुङ, नवलपरासी वर्दघाटकी १७ वर्षीया सुस्मा तिवारी, चितवन भरतपुर ८ का ५२ वर्षीय सुदीप पौडेल, ६१ वर्षीय गौरीशंकर रेग्मी, पोखरा १२ भृकुटिटोलकी ८ वर्षीया सुविना गुरुङ, पोखरा १४ का ३५ वर्षीय धनबहादुर सुनार रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । अवस्था सबैको मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, पर्वत फलेवासका ३१ वर्षीय रामप्रसाद पाठकको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा ३२ पृथ्वीराजमार्ग, तल्लो गगनगौडा स्थित प्रस्तावित बसपार्क एरियामा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डक न्युजलाई जानकारी दिए ।
पृथ्वी राजमार्गबाट बस कम्तिमा ४० फिट तल खसेर भरतपोखरीतर्फ जाने बाटोसम्म पुगेको छ । [अपडेट गरिएको]

तस्विरः सुदीप पौडेल, कविराज खनाल

.

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु