गण्डक न्युज पोखरा, १४ चैत / पोखराको जिरोकिलोमिटरदेखि विन्ध्यवासिनीसम्मको चार लेनको सबैभन्दा फराकिलो सडक । सो सडक खण्डमा दुर्घटनामा वृद्धि भएको छ । धेरैजसो त साँघुरो पुलका कारण फिर्के पुलमै खस्ने गरेको छ । यस्तै, फराकिलो बाटो भएका कारण सवारी स्पिड हुँदा दुर्घटना हुने गरेको छ ।
तीब्र गतिको जीपको ठक्करले पोखराकी महिला गम्भिर घाईते हुन पुगेकी छन् । मंगलबार बेलुकी ७ः२० बजे बाग्लुङ बसपार्कदेखि जिरोकिलोमिटरतर्फ गईरहेको ग१ज ६०९३ को जिपले पोखरा ५, फिर्के पुल नजिकै जेब्रा क्रसिङबाट बाटो काट्न लागेका महिलाको समूहलाई ठक्कर दिएको हो ।
ठक्करबाट पोखरा ४ निवासी सरस्वती पोखरेल पराजुली गम्भिर घाईते भएकी छन् । तीन जना बाटो काटेकोमा सावित्री क्षेत्रीलाई सामान्य चोट लागेको छ । ५० वर्षीया सरस्वती पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा सामाजिक विकास शाखामा कार्यरत ना.सु हुन् ।

घाईते सरस्वती पराजुली
उनको टाउकोमा गहिरो चोट लागेकाले फिस्टेल हस्पिटलमा भर्ना गरी टाउकोको शल्यक्रिया नै गरिएको छ । उनको अवस्था निकै गम्भिर रहेको छ । सामाजिक क्षेत्रमा समेत उक्तिकै क्रियाशिल सरस्वती स्थानीय जनहित महिला समूहकी अध्यक्ष पनि हुन् ।
४५ वर्षीया क्षेत्रीको भने आँखामा चोट लागेको छ । स्पिडकै कारण यही चैत ७ गते मात्रै कास्कीको माछापुच्छ्रे ६ निवासी पानबहादुर क्षेत्रीको स्कुटर दुर्घटनामा मुत्यु भएको थियो ।
.

सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए