चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ ।
खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ ।
उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निस्शुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने मन्त्रालयले जनाएको छ ।
चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई लगाउने तयारी छ।
सम्बन्धित खबर
रवि लामिछाने भोलि मात्र छुट्ने
धरौटी बुझाएर रिहा हुँदै रवि लामिछाने
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?