पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी प्रदेशका स्थानीय तहहरूलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरेको छ ।
मन्त्रालयले परिपत्र मार्फत ८५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्राचार गर्दै आ.ब.०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रममा उपस्थित हुन पत्राचार गरेको हो ।
मन्त्री र सचिवसहितको उपस्थितिमा चैत २९ गतेदेखि चैत ३१ गतेसम्म कुटी रिसोर्ट लेकसाईड, पोखरामा हुने कार्यक्रमका लागि आफ्नो प्रस्तुतीकरणसहित २९ गते आइतबार दिउँसो १२ः३० बजे कार्यक्रम स्थलमा उपस्थित हुन भनेको छ । सो कार्यक्रमको खाना, खाजा र आवासको व्यवस्था आयोजकबाट हुने र दैनिक तथा भ्रमण खर्च आयोजकबाट नव्यहोरिने मन्त्रालयले जनाएको छ ।
यसैगरी यस अघि प्रदेश नम्बर एक,कर्णाली प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका स्थानीय तहको असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भईसकेको छ ।
[wp-embedder-pack url=”” width=”100%” height=”800px” download-text=”” download=”all”][/wp-embedder-pack]
सम्बन्धित खबर
स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
पोखरा १० मा आधारभूत ब्यूटिसियन तालिम सुरु
जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग