गण्डक न्युज पोखरा, १४ चैत / शिक्षा क्षेत्रमा भएका विकृतिको अन्त्यका लागि नागरिक समाज पोखराले अग्रसरता देखाएको छ । नागरिक समाज, पोखराले शिक्षा क्षेत्रलाई मर्यादित बनाउन कास्कीका जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।
नागरिक समाज पोखराले ७ बुँदे माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो । एउटै विद्यालयमा निरन्तपठनपाठन गर्दै आएका विद्यार्थीलाई प्रत्येक वर्ष लिईँदै आएको भर्ना शुल्क खारेज गर्न माग गरेको छ । यस्तै, किताब कापी र पोशाकका लागि विद्यालयबाट चिट दिई पसल तोक्ने कार्य भइरहेकोमा त्यसको तत्काल अन्त्य गरी विद्यार्थी अभिभावकलाई पायक पर्ने पसलबाट खरीद गर्ने स्वतन्त्रता दिलाउन, हरेक विद्यालयमा छात्रछात्राका लागि छुट्टाछुट्टै साबुनपानी सहित सफा शौचालयको व्यवस्था गर्न, महिनाबारी हुने किशोरीहरुका लागि सेनिटरी प्याडको अनिवार्य व्यवस्था गर्न माग गरिएको छ ।
यसैगरी, विद्यालय कम्पाउण्डदेखि कम्तिमा १०० मिटर क्षेत्रसम्म मदिरा र सूर्तिजन्य पद्धार्थ विक्रीवितरण र सेवनमा अविलम्ब कडाई गर्न, विद्यालयको बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने परिपाटीको अन्त्य गर्न र निर्देशिका बमोजिम विद्यालय सञ्चालन भए नभएको कडाइका साथ अनुगमन गर्न नागरिक समाजको माग छ ।
समाजका संयोजक रामबहादुर पौडेलले जिल्ला शिक्षा कार्यालय कास्की पुगेर उप जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद पराजुलीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे । संयोजक पोडेलले प्रत्येक वर्ष यसरी ध्यानाकर्षण गर्दा समेत यसतर्फ ध्यान नदिएको गुनासो गर्दै शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस्तो विसंगति अन्त्य हुनुपर्नेमा जोड दिए ।
उप जिल्ला शिक्षा अधिकारी पराजुलीले नागरिक समाजका तर्फबाट जायज माग आउनु सकारात्मक रहेको भन्दै आफूले सक्दो प्रयत्न गर्ने बताए । टोलीमा नागरिक अभियन्ताहरु विष्णुहरि अधिकारी, सुनिल पाण्डे, ठाकुरप्रसाद बराल, पत्रकारहरु रञ्जन अधिकारी, प्रकाश ढकाल, सुरेशराज अधिकारी सहभागी थिए ।
समय आन्दोलन सुरु गरेका संयोजक पौडेल नै जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलको पर्खाईमा झण्डै १ घण्टा रहनुपरेको थियो । विहान साढे १० देखि ११ बजेसम्म समय दिएका जिल्ला शिक्षा अधिकारी कार्यालयमा भेटिएनन् । उनलाई नभेटेपछि सवा ११ बजे उपजिल्ला शिक्षा अधिकारीलाई पत्र हस्तान्तरण गर्नुपरेको थियो ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ