पोखराको जनप्रिय क्याम्पसमा अनेरास्ववियुको समानान्तर कमिटी गठन भएको छ । आविष्कार केसीको अध्यक्षतामा माधव कुमार नेपाल पक्षीय अनेरास्ववियुको जनप्रिय क्याम्पस कमिटी गठन भएको हो ।
उपाध्यक्षमा उज्ज्वल तिमिल्सिना, प्रकृति रानामगर तथा नवदीप क्षेत्री रहेका छन् । कमिटीको सचिवमा सुरज ढकाल चयन भएका छन् । कमिटीको सहसचिवमा अर्जुन बुढाथोकी, विप्लव खड्का, रविना श्रेष्ठ, संगम आचार्य, सुनिता आले, सुदिप अर्याल तथा आरती पौडेल रहेका छन् ।
यस्तै, अनिता लुइंटेल कमिटीको कोषाध्यक्षका रुपमा चयन भएकी छिन् । कमिटीको सदस्यमा विवेक रोका, मनिस पंगेनी, बिमल सुनार, अस्मिता थापा, अनिसा थापा, स्मृति सिंह, साधना रेग्मी लगायत रहेका छन् ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिव राजन शर्मा पराजुलीले राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा अनेरास्ववियुको भूमिका महत्वपूण रहेको र सो आन्दोलन जनताको अधिकारका लागि केन्द्रित भएको बताए । पराजुलीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।
‘प्रधानमन्त्री भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भनेर थाक्नु हुन्न, तर उहाँकै मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको देख्नुहुन्न ।’ उनले भने ‘विभिन्न भ्यु टावर बनाउँदैमा, बाटो पिच गर्न भन्दै बटन थिचेर शिलान्यास गर्दैमा र ढलेको धरहरा बनाउँदैमा समाजवाद आउने होइन । त्यसरी आउने भए भीमसेन थापाको पालामा नै आउने थियो ।’
गोबिन्द महतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रकृति राना मगर र संचालन सचिन लुइँटेलले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ