पोखरा, चैत १४ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीमा रहेको ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ ।
व्यक्तिले कब्जा गरी धमाधम भौतिक संरचना निर्माण गरेको साविक छिनेडाँडा गा.वि.स. वडा न. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना जग्गा सरकारी स्वामित्वमा आएको हो । १५ नम्बर वडा कार्यालय, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीको सक्रियतामा जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
सरकारी जग्गा व्यक्तिले हडप्ने क्रम बढ्दै गएपछि त्यहाँ निर्मित केहि टहराहरु हटाईएको थियो । जग्गासम्बन्धि मुद्धामा सर्वोच्च अदालतले २०७२ साल फागुन २३ गते जग्गा कुनैपनि व्यक्ति विशेषको नभएको ठहर गरेपछि वडा कार्यालयले जग्गा संरक्षणको पहल गरेको थियो ।
जग्गामा नेपाल प्रहरी प्रदेश नं ४ को तालिम केन्द्रसहितको मुख्यालय, खेलकूद विश्वविद्यालय, प्रदेश स्तरीय संग्रहालय र नमुना पार्क लगायतका संरचना निर्माण गर्ने विषयमा छलफल चलिरहेको वडा अध्यक्ष पौडेले बताए । जग्गा सरकारी स्वामित्वमा ल्याउन सहयोग गर्ने स्थानीयबासी, प्रहरी प्रशासन, महानगरपालिका, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाई वडा अध्यक्ष पौडेलले धन्यवाद ज्ञापन गरेका छन् ।
आगामी दिनमा सरकारी जग्गाको दुरुपयोग नगर्न पनि उनले सबैलाई आग्रह गरे । देश संघीय ढाँचामा गईसकेको अवस्थामा समग्र विकास र परिर्वतन गर्नका लागि सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व र जिम्मेवारी सबैको भएको उनको भनाई छ ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो