पोखरा, चैत १४ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीमा रहेको ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ ।
व्यक्तिले कब्जा गरी धमाधम भौतिक संरचना निर्माण गरेको साविक छिनेडाँडा गा.वि.स. वडा न. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना जग्गा सरकारी स्वामित्वमा आएको हो । १५ नम्बर वडा कार्यालय, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीको सक्रियतामा जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
सरकारी जग्गा व्यक्तिले हडप्ने क्रम बढ्दै गएपछि त्यहाँ निर्मित केहि टहराहरु हटाईएको थियो । जग्गासम्बन्धि मुद्धामा सर्वोच्च अदालतले २०७२ साल फागुन २३ गते जग्गा कुनैपनि व्यक्ति विशेषको नभएको ठहर गरेपछि वडा कार्यालयले जग्गा संरक्षणको पहल गरेको थियो ।
जग्गामा नेपाल प्रहरी प्रदेश नं ४ को तालिम केन्द्रसहितको मुख्यालय, खेलकूद विश्वविद्यालय, प्रदेश स्तरीय संग्रहालय र नमुना पार्क लगायतका संरचना निर्माण गर्ने विषयमा छलफल चलिरहेको वडा अध्यक्ष पौडेले बताए । जग्गा सरकारी स्वामित्वमा ल्याउन सहयोग गर्ने स्थानीयबासी, प्रहरी प्रशासन, महानगरपालिका, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाई वडा अध्यक्ष पौडेलले धन्यवाद ज्ञापन गरेका छन् ।
आगामी दिनमा सरकारी जग्गाको दुरुपयोग नगर्न पनि उनले सबैलाई आग्रह गरे । देश संघीय ढाँचामा गईसकेको अवस्थामा समग्र विकास र परिर्वतन गर्नका लागि सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व र जिम्मेवारी सबैको भएको उनको भनाई छ ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?