स्याङ्जाबाट विदेश उड्नका लागी काठमाडौं गएका थिए ३२ वर्षीय नारायणबहादुर घर्ती क्षत्री । आइतबार विहान गोंगवुको गोदावरी सन्तोषी गेष्ट हाउसमा उनको शव भेटिएको छ ।
शनिबार राति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा स्याङ्जा घर भई नवलपरासी बस्ने नारायण घर्ती मृत फेला परेका थिए।
उनीसँग सोही होटलमा बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धब्बुराम बस्नेत र राजकुमार कवर योगी छन्। प्रहरीले बस्नेतलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
कवर योगीलाई प्रहरीले काठमाडौं आरूबारीबाट पक्राउ गरेको हो। उनीहरू हिजो राति सँगै बसेर खाएका रहेछन्, एसएसपी सिंहले भने,उनीहरूमाथि थप अनुसन्धान गर्नुपर्ने देखिन्छ।
मृतकको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।
प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ। सोही नागरिकताको आधारमा उनको पहिचान भएको हो।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग