तनहुँ । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को यतीबेला दोश्रो संस्करण चलिरहेको छ ।त्यसमा गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लाका सुन्दर खनाल पनि सहभागी छन् । त्यसैले पनि उनी अहिले टप ११ मा छन् । यस भन्दा अगाडिको यात्रा गर्न भोटको जरुरत पर्दछ ।
विगत केही वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय सुन्दर चर्चित हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’, राजु मास्टरकै सिरिज व्हाट ! देखि सुन्दरले नै मिमिक्री गरेको रजतपट अन्कल (प्रकाश सुवेदी) को डिरेक्सनमा बनेको सिरियल ‘रिसानी माफ’ मा पनि काम गरिसकेका छन् । धेरैलाई थाहा नहुन सक्छ, सुन्दर रेडियोकर्मी, युट्युबरसमेत हुन् ।
उनले चलाएको युट्युब कार्यक्रम ‘द बेबी शो’ तीन वर्ष अघि निकै चर्चित पनि थियो । उनी उक्त कार्यक्रममा आफुलाई क्यारेक्टरमा उभ्याएका थिए । उनी बेबि नामक क्यारेक्टरमा सेलिब्रेटिहरु सङ्ग रमाईलो गर्थे । युवा ‘ट्यापे’ शैलीको क्यारेक्टरले सेलिब्रेटी भेट्दा कस्तो कुरा गर्ला ? भन्ने हिसाबले सोचेर त्यो कार्यक्रम संचालन गरेको सुन्दर बताउँछन् । कमेडी गर्ने उद्देश्य राखेर काठमाडौ छिरेका सुन्दर स्वास्थ्यले साथ नदिएकै कारण युट्युबर बनेका थिए । मिमिक्री गर्न नमिल्ने अनि घाँटीलाई रेस्ट दिन पर्ने भएपछि रेडियो अडियोको कार्यक्रम छोडेर उनी युट्युबमा एउटा मात्र कार्यक्रम गर्न थाले ।
जब स्वास्थ्यमा सुधार हुँदै गयो, रगतमा पसेको कमेडी फेरि सुरु गर्न थाले र युट्युब कार्यक्रम बन्द गरे । केही वर्ष आफ्नो आन्तरिक तयारीमा दर्शकबाट टाढा रहेका उनी लकडाउन पछि जनता टिभिबाट प्रशारणमा आएको ‘नेपाली कमेडी शो’ बाट आफुलाई दर्शक सामु ल्याए । हाल उनी कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा सहभागीका रुपमा छन् । उनको सुरुवाती प्रस्तुति नै दर्शकको मनमा बस्न सफल भयो । उनले उठाएको विषयवस्तु र प्रस्तुत गरेका मिमिक्रीहरु दर्शकले औधी रुचाए ।
मुखको हाँसो भन्दा सामाजिक विषयवस्तुमाथि व्यंग्यात्मक शैलीबाट प्रहार गरेर मनको खुशी ल्याउने सुन्दरको चाहना हुन्छ । उनी भन्छ्न् – हाँसो भित्र समाजको पीडा ल्याउन सके भने मलाई खुशी महसुस हुन्छ । मेरो प्रस्तुतिले केही हदसम्म मात्रै भएपनि समाजलाई झकझक्याउन सक्यो भने म त्यसमा खुशी हुन्छु । उनको प्रस्तुति दर्शक र जजको रोजाईमा परिनै सकेको छ ।
यसरी गर्नुस भोट
सुन्दरलाई च्याम्पियनको यात्रामा साथ दिनको लागि प्रभु पे एप डाउनलोड गरेर उनको भोटिङ कोड २१ मा भोट गर्न सकिनेछ । साथै, विदेशमा हुनेहरुले पनि प्रभु पे बाट नै भोट गर्नुपर्नेछ र फन्ड लोडका लागि मास्टर कार्ड युज गर्न सक्नेछन् ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’