पोखरा । स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाल तथा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयद्वारा श्रीकृष्ण प्रणामी बाल तथा बृद्धाश्रमलाई फलफूल तथा खाद्यान्न सहयोग गरेको हो ।
सहयोग कार्यक्रममा तरुण दल कास्कीका नेता एवं नेपाली काँग्रेस क्षेत्र नम्बर १ कास्कीका क्षेत्रीय सचिव सुरज जंग राणाको प्रमुख अतिथ्यता रहेको थियो भने नेविसंघ क्षेत्र नम्बर १ सभापति सागर रानाभाट, नेविसंघ कास्कीका प्रभावशाली नेता गोपि तिवारी, नेविसंघ गण्डकी प्रदेश खेलकुद संयोजक विमान प्रधान विशिष्ट अतिथ्यतामा सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रमको नेविसंघ पोखरा विश्वविद्यालय उपसभापती अनिश बस्नेत संयोजन गरेका थिए ।
कार्यक्रममा उपस्थित तरुद दल नेता सुरज जंग राणाले आपतमा परेकालाई सहयोग गर्न नेविसंघ तथा तरुण दल सधै तत्पर रहेको बताए । उनले आफूहरु सधै सेवामा हाजिर हुने भनाई राखे ।
विशिष्ट अतिथि नेविसंघ कास्कीका प्रभावशाली नेता गोपि तिवारीले नेविसंघ सधै न्यायको र जनताको पक्षमा रहेको बताए । उनले आपतमा परेकालाई नेविसंघले सधै सहयोग गर्ने सुनाए ।
नेविसंघ पोखरा विश्वविद्यालयका उपसभापती अनिश बस्नेतले संविधान रक्षा र विद्यार्थीको पक्षमा निरन्तर लाग्ने बताए ।
यस्तै कार्यक्रममा नेवि संघ कास्कीका नेता निरज लामिछाने, राजीव भण्डारीको उपस्थिति थियो । साथै नेविसंघ पोखरा विश्व विद्यालयका नेता भुपेन्द्र भट्ट, राजन भण्डारी, अमन केसी, सागर पण्डित सुरज थापा, यश्स्बि तिवारी, प्रशान्त त्रिपाठी, सौरभ सेन लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सुसान त्रिपाठीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो