गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पीसीआर परिक्षणमा कोनोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका गोरखा भिमसेनथापा गाउँपालिका –१ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गत चैत २८ गते कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय व्यक्तिको होम आइसोलेसनमा नै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । कोरोना संक्रमित ब्याक्तिको फोक्सोको दुईवटा भागमा निमोनिया र सेप्टिक सकको समस्या देखिएको उनले बताए ।
केही समयदेखि गण्डकी प्रदेशमा कोरोना संक्रमण उच्च रुपमा वृद्धि भएपछि संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न थालेको छ । सोमबार पनि पोखरामा एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।
सम्बन्धित खबर
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
स्याङ्जा साल्मेडाँडाको गोर्खा स्मारक निर्माण कार्यलाई तीव्रता दिइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग