गोरखा । प्रसिद्ध मनकामना, गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ।
‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको छ।’
डिसिसिएमसीले मेला, महोत्सव, जात्रा, पर्व, विवाह, ब्रतबन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णय गरेको छ।
सभा, सम्मेलन, सेमिनार, गोष्ठी, समीक्षा बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलाप पनि भर्चुअल विधिबाट मात्र गर्नुपर्ने, भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा २५ जनाभन्दा बढि उपस्थित नगराई गर्नुपर्ने निर्णय भएको छ।
सिनेमाहल, पार्टीप्यालेस, नाचघर, हेल्थक्लब, जिमखाना, फुटसल, हाटबजार, कवर्डहल, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा भिडभाड हुने कार्यक्रम पनि वैशाख मसान्तसम्मका लागि बन्द गराउने निर्णय भएको छ।
साथै बैठकले सवारी साधनमा मास्क अनिवार्य लगाउनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निर्णय गरेको छ। होटल, रेष्टुरेण्ट पनि दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई प्रवेश गर्न नपाइने लगायतका निर्णय डिसिसिएमसीको बैठकले गरेको छ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो