गोरखा । प्रसिद्ध मनकामना, गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ।
‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको छ।’
डिसिसिएमसीले मेला, महोत्सव, जात्रा, पर्व, विवाह, ब्रतबन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णय गरेको छ।
सभा, सम्मेलन, सेमिनार, गोष्ठी, समीक्षा बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलाप पनि भर्चुअल विधिबाट मात्र गर्नुपर्ने, भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा २५ जनाभन्दा बढि उपस्थित नगराई गर्नुपर्ने निर्णय भएको छ।
सिनेमाहल, पार्टीप्यालेस, नाचघर, हेल्थक्लब, जिमखाना, फुटसल, हाटबजार, कवर्डहल, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा भिडभाड हुने कार्यक्रम पनि वैशाख मसान्तसम्मका लागि बन्द गराउने निर्णय भएको छ।
साथै बैठकले सवारी साधनमा मास्क अनिवार्य लगाउनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निर्णय गरेको छ। होटल, रेष्टुरेण्ट पनि दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई प्रवेश गर्न नपाइने लगायतका निर्णय डिसिसिएमसीको बैठकले गरेको छ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?