पोखरा – पछिल्लो २४ घण्टामा कास्कीका १७० जनाको नमुना परीक्षण गर्दा पोखराका ६९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पोखरा महानगरपालिकामा मात्र ६९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या २ हजार २१० पुगेको छ ।
यस्तै गण्डकीका अन्य जिल्लामा तनहुँका २३ जनाको परीक्षणमा ५ जना, लमजुङका २० जनाको परीक्षणमा २ जना, नवलपुरका २६ जनाको परीक्षणमा १२ जना, स्याङ्गजाका ७ जनाको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्वतका १५ जनाको परीक्षणमा ५ जना र म्याग्दी जिल्लाका ९ जनाको परीक्षण गर्दा ५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज गण्डकीमा पुष्टि भएका १०१ जनासंगै कोरोना संक्रमितको कूल संख्या १७ हजार ८ सय ३६ पुगेको छ। जसमा ९३७ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ८६ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा आज थप ४ जनाको मृत्यु पुष्टि भएको छ।
आज पुष्टि भएका मृतकसंगै गण्डकीमा ज्यान गुमाउनेको संख्या २१५ पुगेको निर्देशनालयले जनाएको छ ।


सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी