गण्डक न्युज पोखरा, १९ चैत / पोखराकै प्रतिष्ठित पोखरा स्पोर्ट्स् अवार्ड दुई महिनापछि हुने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले आगामी जेठ १८ गते तेस्रो संस्करणको अवार्ड गर्ने भएको हो । कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने ध्येयले मञ्चले अवार्ड आयोजना गर्दै आएको छ ।
मञ्चको आइतबार बसेको २० औं बैठकले ठीक दुई महिना पछि जेठ १८ गते, शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा जिवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन स्वरुप कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । यस वर्ष पपुलर प्लेयर अवार्ड समेत थपिनेछ ।

मञ्चले चाँडै नै सम्मानित व्यक्ति चयनका लागि छनौट समिति, अवार्ड आयोजनार्थ जिम्मेवारी बाँडफाडका लागि विभिन्न समिति गठन गर्ने भएको छ । नयाँ वर्ष शुभकामना आदानप्रदानका साथै मञ्चका साधारण सदस्य समेतको विशेष भेला गर्ने निर्णय गरिएको सचिव अधिकारीले बताए ।
अवार्डको निरन्तरतासँगै प्रायोजन तथा सहयोगी हात बढेको उल्लेख गर्दै अध्यक्ष पाठकले सहकार्यका लागि मञ्च आतुर रहेको उल्लेख गरे । राजधानी बाहिर कास्कीमा यति ठूलो अवार्ड हुने भएकाले मञ्च कास्कीले सहयोगका लागि खेलप्रेमी महानुभाव तथा संघसंस्थालाई अपिल गरेको हो । अवार्ड आयोजनाका लागि विदेशमा रहेका खेलप्रेमीहरुले सहयोग रकम घोषणा गर्ने क्रम सुरु भएको छ ।
यसैबीच, मञ्चले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखराकै पहिलो पत्रकारको नाममा स्थापित जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत मञ्चका सचिव रञ्जन अधिकारीलाई हार्दिक बधाई समेत ज्ञापन गरेको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ