पोखरा । सांसद खिमविक्रम शाही बुधबारको अधिवेशनमा सहभागी हुँदो हो त गण्डकी सरकार रहने वा नरहने टुंगो बुधबार नै लागिसकेको हुन्थ्यो । विशेष अधिवेशनको तेस्रो बैठकमा अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुने बेला उनी अनुपस्थित रहे ।
६० जना सांसद रहेको गण्डकी प्रदेशसभामा स्वतन्त्र हैसियतका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित थिए । तर, मनाङेले पिएस सरकारलाई नै समर्थन गर्ने भनेपछि विपक्षी दलतर्फ संख्या बढ्ने चिन्ता सत्तापक्षलाई थिएन । राष्ट्रिय जनमोर्चाका सबै ३ जना सांसदकै समर्थन अविश्वास प्रस्ताव पक्षधरलाई आवश्यक थियो । नत्र भने एमालेका माधव नेपाल पक्षका एक जना सांसदले कर्णाली सरकारमा झैं गण्डकीमा पनि फ्लोर क्रस गरेको अवस्थामा मात्र गण्डकी सरकार ढल्ने थियो । अविश्वास प्रस्ताव काँग्रेस, माओवादी र जसपाका गरी कूल २८ जनाले हस्ताक्षर गरी दर्ता गरिसकेका थिए । ३१ जना आवश्यक पर्नेमा राजमोका ३ जना कै अनिवार्य समर्थन चाहिने अवस्थामा शाही अस्पताल भर्ना हुन पुगे ।
सत्ताको खेलको परिवेशमा अस्पतालले जानकारी गराएझैं उनी बिरामी हुनु पनि दुर्भाग्य नै भएको छ । मंगलबारको स्वाब बुधबार बिहान नेगेटिभ आउनु, दिउँसो निजी ल्याबबाट पोजिटिभ आउनु, निजी ल्याबमा आएको रिपोर्टको स्वाब मंगलबार साँझ ४ बजेको हुनु । यसको अर्थ एकै समयमा दुई ठाउँमा सरकारीमा नेगेटिभ र निजीमा पोजिटिभ कसरी ? भन्दै चर्को बहस भइरहेको छ । सत्ताको खेलमा शाहीलाई एमालेले प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
माओवादीबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले जनमोर्चाको निवेदनको आधारमा सदन नै अनिश्चितकालका लागि गरिदिए । त्यसलगत्तै सांसद शाहीको अवस्था पनि सार्वजनिक भयो । चरक मेमोरियल हस्पिटलको कोभिड आइसियूमा अक्सिजन नै दिएर राखिएको जानकारी अस्पतालले दियो । अस्पतालले पुनः स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा पठाउँदा तेस्रो पटक पनि पोजिटिभ रिजल्ट नै आएको छ ।
बैशाख १४ गते गण्डकी प्रदेश सभामा स्वाब लिइएको सांसद शाहीको रिपोर्ट बैशाख १५ गते बिहान ७ः३० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण पश्चात नेगेटिभ आएको थियो । लाइफ केयरमा बैशाख १४ गते साँझ ४ बजे स्वाब लिएको स्पष्ट उल्लेख छ । बैशाख १५ गते बिहान ७ः३० गतेको उक्त रिपोर्ट पोजिटिभ छ ।

बिहान तीन सांसदको रिपोर्ट पोजिटिभ
यसअघि बुधबार बिहान गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव पहारी, कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइराला रहेका छन् । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
प्रदेश सभाको मंगलबारको बैठक पीसीआर टेस्टको माग गर्दै अवरुद्ध भएपछि सांसदहरुको कोभिड परीक्षण गरिएको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो