पोखरा । सांसद खिमविक्रम शाही बुधबारको अधिवेशनमा सहभागी हुँदो हो त गण्डकी सरकार रहने वा नरहने टुंगो बुधबार नै लागिसकेको हुन्थ्यो । विशेष अधिवेशनको तेस्रो बैठकमा अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुने बेला उनी अनुपस्थित रहे ।
६० जना सांसद रहेको गण्डकी प्रदेशसभामा स्वतन्त्र हैसियतका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित थिए । तर, मनाङेले पिएस सरकारलाई नै समर्थन गर्ने भनेपछि विपक्षी दलतर्फ संख्या बढ्ने चिन्ता सत्तापक्षलाई थिएन । राष्ट्रिय जनमोर्चाका सबै ३ जना सांसदकै समर्थन अविश्वास प्रस्ताव पक्षधरलाई आवश्यक थियो । नत्र भने एमालेका माधव नेपाल पक्षका एक जना सांसदले कर्णाली सरकारमा झैं गण्डकीमा पनि फ्लोर क्रस गरेको अवस्थामा मात्र गण्डकी सरकार ढल्ने थियो । अविश्वास प्रस्ताव काँग्रेस, माओवादी र जसपाका गरी कूल २८ जनाले हस्ताक्षर गरी दर्ता गरिसकेका थिए । ३१ जना आवश्यक पर्नेमा राजमोका ३ जना कै अनिवार्य समर्थन चाहिने अवस्थामा शाही अस्पताल भर्ना हुन पुगे ।
सत्ताको खेलको परिवेशमा अस्पतालले जानकारी गराएझैं उनी बिरामी हुनु पनि दुर्भाग्य नै भएको छ । मंगलबारको स्वाब बुधबार बिहान नेगेटिभ आउनु, दिउँसो निजी ल्याबबाट पोजिटिभ आउनु, निजी ल्याबमा आएको रिपोर्टको स्वाब मंगलबार साँझ ४ बजेको हुनु । यसको अर्थ एकै समयमा दुई ठाउँमा सरकारीमा नेगेटिभ र निजीमा पोजिटिभ कसरी ? भन्दै चर्को बहस भइरहेको छ । सत्ताको खेलमा शाहीलाई एमालेले प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
माओवादीबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले जनमोर्चाको निवेदनको आधारमा सदन नै अनिश्चितकालका लागि गरिदिए । त्यसलगत्तै सांसद शाहीको अवस्था पनि सार्वजनिक भयो । चरक मेमोरियल हस्पिटलको कोभिड आइसियूमा अक्सिजन नै दिएर राखिएको जानकारी अस्पतालले दियो । अस्पतालले पुनः स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा पठाउँदा तेस्रो पटक पनि पोजिटिभ रिजल्ट नै आएको छ ।
बैशाख १४ गते गण्डकी प्रदेश सभामा स्वाब लिइएको सांसद शाहीको रिपोर्ट बैशाख १५ गते बिहान ७ः३० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण पश्चात नेगेटिभ आएको थियो । लाइफ केयरमा बैशाख १४ गते साँझ ४ बजे स्वाब लिएको स्पष्ट उल्लेख छ । बैशाख १५ गते बिहान ७ः३० गतेको उक्त रिपोर्ट पोजिटिभ छ ।

बिहान तीन सांसदको रिपोर्ट पोजिटिभ
यसअघि बुधबार बिहान गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव पहारी, कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइराला रहेका छन् । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
प्रदेश सभाको मंगलबारको बैठक पीसीआर टेस्टको माग गर्दै अवरुद्ध भएपछि सांसदहरुको कोभिड परीक्षण गरिएको थियो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?