हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)मा आयुर्वेद औषधालय शाखा स्थापना गरिएको छ ।
मादी गाउँपालिका सहित लमजुङ जिल्लाको उत्तर पश्चिम भेगका नागरिकहरुलाई आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश आयुर्वेद औषधालय केन्द्रले शाखा सञ्चालनमा ल्याएको छ ।
सङ्घीय सरकारको जीवन शैली व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र रहेका ठाउँमा आयुर्वेद औषधालयको सेवा सञ्चालनको योजना अनुसार चिकित्सक सहित आयुर्र्वेदको सेवा विस्तार गरिएको गण्डकी प्रदेश आयुर्वेद औषधालय पोखराका प्रमुख कुमार कासुलाले बताए ।
उनका अनुसार गाउँपालिका र स्वास्थ्य केन्द्रले उपलव्ध गराएको भौतिक पूर्वाधारमा शाखा खोलेर योग, प्राणायाम,ध्यान लगायतका उपचार पद्धतिका माध्यमबाट नसर्ने र दीर्घ रोगहरुको उपचारका लागि विशेष जोड दिइने छ ।
औषधालय प्रमुख कासुलाले भने,“ नेपालको मौलिक चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेदको ज्ञान वर्षोदेखी नजानिदो किसिमले पनि पुस्तान्तरण भइरहेको छ । जडिबुटीको प्रयोग हुने औषधी प्रयोग मार्र्फत ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सुविधा प्रदान गर्न औषधालय शाखा सञ्चालनमा ल्याएका हौँ।”
यसैगरी, बाथ रोगका लागि स्नेहन (मालिस) र स्वयदन (बाफले सेक्ने) लगायतका पद्धतिबाट समेत बिरामीको उपचार गरिने शाखा प्रमुख एवं कार्यक्रम डा दीपक भुसालले बताए ।
नेपाल सरकारले तोकेका २३ थरीका विभिन्न आयुर्वेद औषधीहरु पनि निःशुल्क विरतण गरिने उनले जानकारी दिए । आयुर्वेद चिकित्सक र एक जना पञ्चकर्म सहायक एक जनागरी दुई जनाले सो शाखाबाट बिरामीलाई सेवा प्रदान गर्नेछन् ।
गण्डकी आयुर्वेद औषधालयले यसअघि विसं २०७५ मा माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि शाखा सञ्चालमा ल्याएको थियो ।
आयुर्वेद प्रमुख कासुलाका अनुसार चालू वर्षमा मादी गाउँपालिकाको सिक्लेस, अन्नपूर्ण गाउँपालिकाको नौडाँडा र पोखरा–२२ पुम्दीभुम्दीमा गरी तीन वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी परामर्श सेवा सहित आयुर्वेद औषधी निःशुल्क वितरण गरिएको जनाइएको छ ।
पोखरामा अवस्थित आयुर्वेद औषधालयले हाल प्रयोगशाला सुविधा समेत प्रदान गर्दै आएको छ । प्रदेश सरकारको समानिकरण अनुदानबाट यसवर्षदेखी प्रयोगशाला स्थापना गरेर दिशा,पिसाब, रगत लगायतका परीक्षणहरु गर्ने गरिएकोे छ ।
औषधालयमा हाल एक चिकित्सक, एक बैद्य, एक कविराज, एक लेखापाल र चार जना कार्यालय सहयोगीबाट सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’