प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।
उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए ।
ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।
यस्तै नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालन ल्याइएको पनि ओलीले बताए । उनले महामारी नियन्त्रणका लागि सरकारले लागु गरेका मापदण्डलाई कडाइको साथ पालना गर्न समेत आग्रह गरे ।
भीडभाड नगर्न, मास्क लगाउन र हात धुन आग्रह गर्दै प्रधानमन्त्रीले आम नागरिकलाई विचलित नभइ जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरे । ओलीले पछिल्लो समय नेपालको कोभिड परिस्थितीबारे प्रकाश पारेका थिए ।
कोरोना सङ्क्रमणको पहिलो लहरमा गरिएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन उनले आग्रह गरे । नागरिकको जीउधनको रक्षा गर्नु वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्रीले बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख