सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका २ कोवाङमा अवस्थित ओझेलमा परेको सेकुङ ताललाई पर्यटकिय हब बनाउन पूर्वाधार बिकासमा जोड दिईएको छ ।
थासाङ क्षेत्रका पर्यटकिय गन्तब्यको बिकास गर्दे बढी भन्दा बढी पर्यटक भित्र्याउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग अन्तर्गतको अन्नपूर्ण संरक्षणक्षेत्र कार्यालय पोखरा,राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,संरक्षणक्षेत्र व्यवस्थापन समिति र कोवाङका स्थानीयवासीले संयूक्त पहल थालेका हुन् । जसका लागि अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाले १० लाख रकम छुट्याएको छ ,भने स्थानीयले श्रमदान गर्ने भएका हुन् ।
कोवाङको बोक्सीखोलादेखि ३ किलोमिटर पश्चिम अग्लो उचाईमा रहेको प्राकृतिक दृष्यले भरिभराउ मनोरम सुन्दर ताल सेकुङ पुग्ने पदमार्गको स्तरोन्नती र त्यस वरपर फैलिएको झाँडी सफा गर्ने,सेकुङ तालको आकारलाई थप बृद्धि गर्न आवश्यक ड्याम निर्माण गर्ने, तालको चारैतिर पर्यटक घुम्ने बाटोमा ढुङ्गा बिच्छ्याउने, पर्यटकका लागि बसेरै दृष्यावलोकन तथा वातावरणमैत्री तुल्याउन आरामदायी २ वटा छानो सहितको कुर्चि र २ वटा थप कुर्चि निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई सेकुङ र भुतर्छो ताल अवलोकन सहज गर्न आवश्यक स्थानमा पदमार्ग सुचक(चिन्ह) राखिने एक्याप जोमसोमले जनाएको छ ।
पर्यटन प्रर्वधनमा ओझेलमा परेको थासाङ गाउँपालिकालाई पर्यटन हबको रुपमा बिकास गर्न संरक्षणक्षेत्रले लगानी गरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालको भनाई छ । उनले यसक्षेत्रको पहिचान बढाउने, वातावरणी सन्तुलनलाई स्वच्छ दिलाउने र स्थानीयको जिविकोपार्जन सुधारमा परिवर्तन ल्याउन पुर्वाधार बिकासको कार्यक्रम फलदायी हुने उल्लेख गरे ।
उनका अनुसार थासाङको पर्यटन बिकासका संम्भावनाको खोजी गर्दे राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रचार प्रसार गर्ने उद्देश्यले तल्लो मुस्ताङ पर्यटक हब निर्माणकार्यलाई अघि बढाईएको बताए ।
थकाली समुदायको उद्गम स्थल रहेको थासाङ गाउपालिका कोवाङका करिव ५० घरधुुरीले सेकुङ ताल पूर्वाधारमा श्रमदान गर्ने स्थानीय बुद्धिसिङ नेपालीले जानकारी दिए । उनका अनुसार आईतवारदेखि सेकुङ ताल संरक्षण र त्यसको पूर्वाधार बिकासमा धमाधम काम अघि बढेको जानकारी दिए ।
मनोरम सेकुङ ताल धौलागिरी बेश क्याम्पको नजिकै पर्छ ।जहाँबाट थासाङ अन्तर्गका आधा दर्जन गाउँ र कालिगण्डकी नदी मनमोहक देखिन्छ ,भने धौलागिरी हिमालको समेत अवलोकन गरेर पर्यटक रमाउने गन्तब्य मानिन्छ ।यसको तालको उत्तरतर्फ १ किलोमिटरमा अर्को भुतर्छो ताल छ भने सोही गाउँपालिकाको टिटी गाउँमा अर्को सुन्दर टिटी ताल अवस्थित छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए