तनहुँमा पनि भोलि बुधबार मध्येरातदेखि निषेधाज्ञा

तनहुँमा पनि भोलि बुधबार मध्येरातदेखि निषेधाज्ञा

cdo office tanahun

कोरोनाको दोस्रो भेरियन्टले थप महामारीको रुप लिइरहँदा देशभर एक पछि अर्को जिल्लाले लकडाउन गर्न थालेका छन् । पृथ्वी राजमार्गले ठूलो क्षेत्र ओगटेको जिल्ला गण्डकीको तनहुँमा पनि भोलि बुधबारदेखि निषेधाज्ञा घोषणा भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो । भोलिदेखि जारी लकडाउन वैशाख ३१ गते रातिसम्म लागु हुनेछ । तनहुँको ऋषिङका वडा नम्बर एकमा मात्र निषेधाज्ञा लागु हुनेछ भने घिरिङका सबै वडा क्षेत्रमा निषेधाज्ञा हुनेछैन ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले भोलि मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुको खरिदका लागि भने समय दिने गरी निषेधाज्ञा आदेश जारी भएको छ । अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ