गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडेलले पदभार ग्रहण गरेकी छिन् । उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन् ।
त्यसपछि मंगलबार पाेखरा आएकी उनले आज पदभार ग्रहण गरेकी हुन् । कास्कीकै पुरूञ्चाैरमा जन्मेकी उनकाे परिवार चितवन बसाईं सरेका हुन् ।
अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकी उनी प्रधानमन्त्रीका सल्लाहकार समूहमा थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी काेटाबाट प्रदेश प्रमुख भएका अमिक शेरचनलाई हटाएर पाैडेललाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
गण्डकीमा साढे ३ वर्षमा ३ जना प्रदेश प्रमुख बनेका छन् । शेरबहादुर देउवा सरकारले बाबुराम कुँवर, एमाले माओवादी एकीकृत हुँदाकाे नेकपा सरकारले अमिक शेरचन र एमाले सरकारले पाैडेललाई प्रदेश प्रमुख बनाएकाे हाे ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?