‘पोखरामा तोकिएको समयमा मात्र व्यापार, व्यवसाय खोलौं’

‘पोखरामा तोकिएको समयमा मात्र व्यापार, व्यवसाय खोलौं’

Tarkari-Vegitable

पोखरा उद्योग वाणिज्य संघले स्थानीय प्रशासनले तोकेको समयमा मात्र सामान वितरण गर्न व्यवसायीसँग आग्रह गरेको छ ।

स्थानीय प्रशासनले तोकेको बिहान ५ देखि ९ बजेपछि पनि सहरमा खाद्यान्न साम्रग्रीको खुद्रा ढुवानी गर्ने सवारी साधन चलेको गुनासो आएसँगै संघले अत्यावश्यक सामग्री वितरण गर्दा यस अघिजस्तै खुद्रा पसलमा सानो परिणाममा दिनभर सामान बेच्ने तथा घर घरमा डेलिभरी नगर्न आग्रह गरेको हो ।

संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा बुधबार जारी विज्ञप्तिमा स्थानीय प्रशासनले तोकेको मापदण्ड पालना गर्न आग्रह गरिएको छ । प्रशासनले बुधबार पोखराका विभिन्न ठाउँमा तोकिएको समयभन्दा पछाडि गुडेका सवारी साधन रोकेको थियो ।

प्रशासनले खाद्यान्नसहित पशुपंक्षीका दाना, दूध, फलफूल, माछामासु, ग्यास, पानीजस्ता अत्यावश्यक सामग्री आपूर्ति गने सवारी साधनलाई निर्वाध सञ्चालनको अनुमतिसहित स्थानीय तहमा यी सामग्री बिक्री बितरणको लागि बिहान ५ बजेबाट ९ बजेसम्म समयावधि निर्धारण गरेको छ । संघले संकटमा अत्यावश्यक सामग्रीको आपूर्तिमा खट्ने सबै उद्योगी, व्यवसायीप्रति धन्यवाद दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ