पोखरा – शनिवार पोखरामा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वत जिल्ला कुश्मा नगरपालिकाका एक जना र पोखरा महानगरपालिका दुई गरी थप तीन जनाको मृत्यु पुष्टि भएको हो ।
गएको वैशाख ७ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि मेडिप्लस अस्पताल भर्ना भएका पर्वत जिल्ला कुश्मा नगरपालिका -१ का ४० वर्षीय पुरुषको शुक्रबार साँझ ५ :१८ बजे मृत्यु भएको छ ।
यस्तै, कास्की जिल्ला पोखरा महानगरपालिका -१३ निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ नै उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
गएको वैशाख १३ गते कोरोना पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएका ती पुरुषमा कोरोनासंगै निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।
यस्तै, कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएका पोखरा -१० निवासी ८१ वर्षीय वृद्धको शुक्रवार साँझ ७:२५ बजेको समयमा मृत्यु भएको छ ।मृतक वृद्धमा शुक्रवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज थप मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु