पोखरा । कास्की प्रहरीले कोरोना संक्रमितलाई अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यका साथ पोखराका विभिन्न स्थानबाट १८७ वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरी अस्पतालहरुमा पठाउने तयारी गरेको छ।
नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर फैलिएसंगै संक्रमित विरामीहरुको लागि अक्सिजनको चरम अभाव देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट पोखराका विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुबाट उक्त संख्यामा अक्सिजनका सिलिन्डर संकलन गरेको हो ।

संकलन गरिएका सिलिन्डरहरु पछि सम्बन्धित व्यक्ति तथा संस्थालाई फिर्ता गरिने कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हाल संकलन गरिएका ती सिलिन्डरलाई अहिले अक्सिजन भर्नका लागि पोखरा अक्सिजन प्रा।लि। र कालिगण्डकी अक्सिजन प्रा।लि।लाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । साथै उनले अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु भए अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गर्न समेत आग्रह गरेका छन् ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते