गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो ।
सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका थिए । बिनासूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद शाही बेपत्ता भएकाले उनको अवस्था सार्वजनिक नहुँदासम्मका लागि संसदको बैठक स्थगित गर्न माग गरेकी थिइन् । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले सांसद बेपत्ता भएको सूचनापछि अनिश्चितकालका लागि संसद स्थगित गरेका थिए ।
त्यसपछि खोजी गर्नेक्रममा सांसद शाही चरक अस्पतालको आईसीयूमा भेटिएका थिए । उनलाई राज्य पक्षले नै बेपत्ता पारिएको भन्दै विभिन्न टिकाटिप्पणी गरिँदै आएको छ । सांसद शाही वेपत्ता भएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबार ११ बजे बस्दै छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो