पोखरा – आइतबार कास्कीका ४३० सहित गण्डकीमा थप ६९९ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६९७ जनाको नमुना परीक्षण गर्दा ६९९ जनामा संक्रमण पुष्टि भएको हो।
आज कास्कीमा ४३० जना, तनहुँमा ७७ जना, गोरखामा १०४ जना, लमजुङमा १५ जना र नवलपुरका एक जनामा कोरोना पुष्टि भएको छ।
यस्तै स्याङ्गजामा २६ जना, पर्वतमा २२ जना, बाग्लुङमा २१ जना, म्याग्दीमा २ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज गण्डकीमा पुष्टि भएकासंगै कोरोना संक्रमितको कूल संख्या २३ हजार २२९ पुगेको छ । जहाँ ५ हजार २०१ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २१४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ७६५ पुगेको छ ।
आइतबार गण्डकीमा कोरोना संक्रमणका कारण अहिलेसम्मकै उच्च संख्यामा मृत्यु पुष्टि भएको छ । जारी विज्ञप्ति अनुसार पोखराका विभिन्न अस्पतालमा उपचारत १२ जना संक्रमितको आइतबार मृत्यु पुष्टि भएको हो ।
मृतकहरु कास्कीका छ जना, पर्वतका दुई जना, म्याग्दीका एक जना र स्याङ्गजाका दुई जना गरी १० जना छन् भने, एक जना रुपन्देही जिल्ला घर भइ हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत ६० वर्षीय पुरुष रहेका छन् ।
आज मृत्यु पुष्टि भएका १२ संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको निर्देशनालयले जनाएको छ।














सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु