बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका एक एक जना रहेका छन्।
अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोही आफन्त नआएपछि अस्पताल आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए। बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्यु पछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज मात्र शव ब्यवस्थापन गरेको थिय । उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९:०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो।
त्यस्तै सैनामैना ३ कै ४२ वर्षीय पुरुषको सोमबार राती ८ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको मध्यराती १२:४५ बजे, कञ्चान ४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २:५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९:०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए।
त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको सोमबार राती १२:३० बजे, बुद्धभूमि कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३:३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ। डा. गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको छ।
एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भए पछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा. गौतमले बताए। आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु