गण्डकी प्रदेशका जनमोर्चा सांसद खिम विक्रम शाही वैशाख १५ गतेबाटै चर्चाको शिखरमा छन् । त्यो दिन उनी अविश्वास प्रस्तावको मतदान हुने प्रदेशसभा बैठकमा उपस्थित भएका भए सोहि दिन सरकार ढलिसक्थ्यो । तर, उनी एक्कासी गायब बने । सोहि दिन चरक हस्पिटलमा भेटिए, बिहान पीसीआर नेगेटिभ आएको मान्छेको साँझसम्म २ पटक नेगटिभ आयो र आईसियूमा उपचाररत उनी ५ दिनमै हस्पिटल छाडेर होटलमा बसे ।
यही भन्दै उनलाई पिएस सरकार जोगाउन खोजेको आरोप लागिरह्यो । तर, उनले आफू पार्टीकै निर्देशन मान्ने र पृथ्वीसुब्बा सरकारलाई साथ नदिने बताए । नयाँ सरकार गठनको दाबी गर्ने दिन आज १ घण्टा अघिसम्म पनि उनले काँग्रेस नेतृत्वको सरकारकै पक्षमा हस्ताक्षर गरेको कुरा सार्वजनिक भइरहेको थियो ।
अहिले भने शाही पनि दलका नेता कृष्ण थापाकै बाटोमा लागेका छन् । अर्थात्, अब उनी पनि काँग्रेसको नेतृत्वमा बन्ने सरकारको पक्षमा छैनन् । अन्तिम समयमा आएर आफू कुनैपनि गठबन्धनमा नलागेको र तटस्थ रहेको बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गरी उनले भनेका छन्ः ‘नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनमा मेरो हस्ताक्षर छ भनी बाहिर विभिन्न सन्चार माध्यममा प्रकाशित–प्रसारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सम्बन्धित सबैलाई स्पष्ट पार्न चाहान्छु ।
यसअघि संसदीय दलका नेता कृष्ण थापाले पार्टी ह्वीप नमान्दा उनीमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ । पार्टीले संसदीय दलको नेताबाट हटाएपछि उनले भने कारवाही प्रक्रिया नै विधानविपरीत रहेको दाबी गर्दै मान्यता नदिन प्रदेश प्रमुखसमक्ष निवेदन गरेका छन् ।
थापा र शाहीसहितको समर्थन छ भनेर काँग्रेसका प्रसतावित मुख्यमन्त्रीले प्रदेशप्रमुख समक्ष दाबी गरिसकेको अवस्था छ ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?