गण्डकी प्रदेशका जनमोर्चा सांसद खिम विक्रम शाही वैशाख १५ गतेबाटै चर्चाको शिखरमा छन् । त्यो दिन उनी अविश्वास प्रस्तावको मतदान हुने प्रदेशसभा बैठकमा उपस्थित भएका भए सोहि दिन सरकार ढलिसक्थ्यो । तर, उनी एक्कासी गायब बने । सोहि दिन चरक हस्पिटलमा भेटिए, बिहान पीसीआर नेगेटिभ आएको मान्छेको साँझसम्म २ पटक नेगटिभ आयो र आईसियूमा उपचाररत उनी ५ दिनमै हस्पिटल छाडेर होटलमा बसे ।
यही भन्दै उनलाई पिएस सरकार जोगाउन खोजेको आरोप लागिरह्यो । तर, उनले आफू पार्टीकै निर्देशन मान्ने र पृथ्वीसुब्बा सरकारलाई साथ नदिने बताए । नयाँ सरकार गठनको दाबी गर्ने दिन आज १ घण्टा अघिसम्म पनि उनले काँग्रेस नेतृत्वको सरकारकै पक्षमा हस्ताक्षर गरेको कुरा सार्वजनिक भइरहेको थियो ।
अहिले भने शाही पनि दलका नेता कृष्ण थापाकै बाटोमा लागेका छन् । अर्थात्, अब उनी पनि काँग्रेसको नेतृत्वमा बन्ने सरकारको पक्षमा छैनन् । अन्तिम समयमा आएर आफू कुनैपनि गठबन्धनमा नलागेको र तटस्थ रहेको बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गरी उनले भनेका छन्ः ‘नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनमा मेरो हस्ताक्षर छ भनी बाहिर विभिन्न सन्चार माध्यममा प्रकाशित–प्रसारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सम्बन्धित सबैलाई स्पष्ट पार्न चाहान्छु ।
यसअघि संसदीय दलका नेता कृष्ण थापाले पार्टी ह्वीप नमान्दा उनीमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ । पार्टीले संसदीय दलको नेताबाट हटाएपछि उनले भने कारवाही प्रक्रिया नै विधानविपरीत रहेको दाबी गर्दै मान्यता नदिन प्रदेश प्रमुखसमक्ष निवेदन गरेका छन् ।
थापा र शाहीसहितको समर्थन छ भनेर काँग्रेसका प्रसतावित मुख्यमन्त्रीले प्रदेशप्रमुख समक्ष दाबी गरिसकेको अवस्था छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु