पूर्व राजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोनामुक्त भएसँगै नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व राजा शाह आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाह आज राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो। कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा शाह र पूर्व रानी कोमल शाह तथा पूर्व राजकुमारी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए।
‘अस्पतालमा उहाँलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो। कोरोनाका लक्षणहरु हराएपछि उहाँको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उहाँलाई आज डिस्चार्ज गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।
अस्पतालमा उपचाररत पूर्व रानीको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ। उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसीयूबाट वार्डमा सारिएको थियो। उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको अस्पतालले जानकारी दिएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु