गण्डक न्युज पोखरा, २३ चैत / सेवाग्राहीसँग घुस लिएपछि जिल्ला शिक्षा कार्यालय कास्कीमा कार्यरत दुई प्राविधिक अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराले शुक्रबार दुईजना प्राविधिकलाई घुस रकम एक लाख सहित पक्राउ गरेको छ ।
कार्यालयका इन्जिनियर छविन्द्रबिक्रम खाँण र सबइन्जिनियर प्रदीपकुमार बानियाँलाई अख्तियार टोलीले पक्राउ गरेको हो । विद्यालय भवन निर्माण गर्दा गलत बिल फछर्यौट गरिदिने भन्दै उनीहरुले एक लाख रुपैयाँ घुस लिएका थिए ।
मादी गाउँपालिका–८ रबैडाँडाको नारायण आधारभूत विद्यालय र प्रभात आधारभूत विद्यालयको भवन निर्माणको सम्पन्नता पत्र दिनका लागि प्राविधिकद्वयले निर्माण समूहसँग घुस मागेको अख्तियार पोखराका प्रवक्ता रमेश ढकालले बताए ।
एक लाख दिएमात्र सम्पन्नता स्वीकृति पत्र दिने भनेपछि विद्यालय भवन निर्माण गरेको समूहले अख्तियारमा उजुरी गरेको थियो । दुई महिना अघि नै निर्माण सम्पन्न भएको विद्यालयको दुई कोठे भवन होचो भएको भन्दै सम्पन्नताको स्वीकृतिपत्र दिन प्राविधिकद्वयले मानेका थिएनन् ।
‘उजुरीको आधारमा प्राविधिकद्वयलाई घुस रकम सहित पक्राउ गरेका हौं,’ ढकालले भने, ‘उनीहरूको साथबाट एकलाख रुपैयाँ नगद फेला परेको छ ।’ पोखराको बगरमा रहेको शिक्षा कार्यालयका ती प्राविधिक घुसबापतको रकम लिन चिप्लेढुंगास्थित डेलिसियस फास्टफुड रेस्टुरेन्टमा आएका थिए । अख्तियारले उनीहरूलाई त्यही रेस्टुरेन्टबाट घुस रकमसहित पक्राउ गरेको हो ।
अन्तिम दिन भुक्तानी गर्ने क्रममा पक्राउ गरिएको हो । प्रक्राउ परेका प्राविधिकबारे थप अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)