पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । पूर्वराजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभ चिन्तकप्रति आभार प्रकट गरेका हुन् ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि अर्थात बैशाख ३१ गते पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज भएका थिए ।
यसैगरी, पूर्व राजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् । उनले पूर्व राजा तथा राजपरिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घ जीवनको समेत कामना गरेका छन् । पूर्व राजा शाह, पूर्व रानी कोमल शाह र अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भई नर्भिकमा भर्ना भएका थिए ।
पूर्वराजा र अधिराजकुमारीको सामान्य अवस्थामै उपचारलाई जारी राखिएको थियो भने पूर्व रानीको अवस्था भने निकै जटिल बनेको थियो । उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसियूमा राख्नुपरेको थियो ।
कोरोना संक्रमणका लागि प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । लगातार उपचार र नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण उनको स्वास्थ्यमा सुधार भएको थियो । आइसियूमा राखेको केही दिनमै पूर्वरानीको अवस्था सुधार भएपछि वार्डमा सारिएको थियो । वार्डमा सारिएको केही दिनमै उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष