काठमाडौं । अस्पतालमा मेडिकल प्रयोजनको अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने भएको छ ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पताल अनुसार कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको थियो ।
तर माग र बिरामीको संख्याका आधारमा अक्सिजन नपाएको भन्दै धेरै निजी अस्पतालले बिरामी भर्ना बन्द गरेका थिए । कतिपय अस्पतालले अक्सिजन सकिएको भन्दै उपचाररत बिरामी नै जबर्जस्ती डिस्चार्ज गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन वितरणको व्यवस्था मन्त्रालयले गर्ने बताए । बिरामी संख्याका आधारमा अक्सिजन सहज बनाउन कोटा तोक्नैपर्ने भन्दै उनले यो काम अब मन्त्रालयले गर्ने बताए ।
मन्त्रालयले अक्सिजनको आकस्मिक व्यवस्थापनका लागि उच्चस्तरीय टोली नै बनाएको छ । प्रवक्ता डा. गौतमले अस्पतालमा बिरामीको संख्या, आईसीयू, भेन्टिलेटर, एचडीयू बेडका आधारमा अक्सिजन वितरण गरिने बताए । ‘सीसीएमसीका मान्छेलाई आइडिया भएन, त्यसैले अक्सिजन व्यवस्थापन हामी नै गर्छौं’ उनले भने ।
अब अस्पतालहरुले बिरामीको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनुपर्ने र त्यही संख्याको आधारमा अक्सिजन उपलब्ध गराइने प्रवक्ता डा. गौतमले बताए । ‘जहाँ धेरै बिरामी छ, त्यो अस्पतालले धेरै पाउँछ, कम बिरामी हुनेले कम पाउँछ’ उनले भने ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख डा. समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी अस्पतालहरुले विगतमा लिने उद्योगबाटै अक्सिजन पाउने व्यवस्था मिलाउने बताएका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’