गण्डक न्युज पोखरा, २३ चैत । पोखरामा सबै प्राकृतिक पर्यटकीय केन्द्र मात्र छन्। मानव निर्मित आकर्षणको केन्द्र अब पोखरामा निर्माण भएको छ । जुन नेपालमा कहिंकतै छैन । पोखरा वडा नं. १६ बाटुलेचौरमा पर्यटकिय आकर्षणका रुपमा पोखरा तारामण्डल, विज्ञान केन्द्र र सिसा महल निर्माण गरिएको छ ।
विहिबार पत्रकार सम्मेलनको आयोजना गरि खगोल विद्या सम्बन्धि ज्ञान बढाउने र रातको आकाशको दृश्यावलोकन गराउने उद्देश्यका साथ निजिस्तरबाट पोखरा तारामण्डलको स्थापना गरेको संस्थापक/संचालक मोहदत्त पोखरेलले जानकारी दिए। यस्ता प्रकारका संरचनाहरु विश्वका प्रमुख शहरहरुमा राज्य स्तरबाट निर्माण गरिएका पाईएको भएपनि नेपालमा भने करिब ३ करोडको लागतमा आफुले निर्माण गरेको पोखरेलले बताए ।
युरोपियन स्तरको प्रविधिमा निर्माण गरिएको, प्रोजेक्सन मार्फत आफुलाई स्पेस मै गए जस्तो अनुभुति गराउने उक्त तारामण्डलले पोखरालाई स्मार्ट सिटिको रुपमा उजेल्याउनेमा आफु विश्वस्त रहेको पोखरेलले बताए । खगोलीय पिण्डका विषयमा समेत चासो राख्नेहरुका लागी पोखरा तारामण्डल सिकाईको केन्द्र बन्न सक्ने उनले बताए ।

पोखरेलले निर्माण गरेको मिनि विज्ञान केन्द्रमा विविध प्रकारका उपकरण, समान र औजारहरुको प्रयोगात्मक र प्रदर्शनात्मक सामाग्रीहरु राखिएका छन् । विज्ञानका विषयमा विषेस चासो राख्ने र नयाँ सिकाइका लागी उत्सुक विद्यार्थीहरुका लागी यो निकै प्रभावकारी हुने पोखरेलले बताए ।
यस्तै सिसैसिसाले बनेको सिसा महलमा प्रवेश गर्नासाथ व्यक्ति अचम्ममा पर्ने गरेको उनको भनाई छ । उनले भने “यसमा एक आकृतिका भिन्न प्रतिविम्बहरु हजारौको संख्यामा पाउन सकिन्छ । यसमा आफुलाई ताढा, नजिक र विपरित अवस्थामा विभिन्न कोणहरुबाट देख्न सकिन्छ । आफु हराउदा समेत थाहा नहुने गरि निमार्ण गरिएको यसलाई भारतमा भुलभुलैया भनिन्छ ।”
करिब १० रोपनीको क्षेत्रफलमा निर्माण गरिएको उक्त केन्द्रमा अत्यान्त सुन्दर बालमैत्री उद्यान समेत रहेको छ । त्यहाँ विभिन्न मोडलहरु (मोटु—पत्लु) चिंघम, जनावरका मोडेल, बालहिल, पिङ्, पंचमुखी हनुमान, डाईनोसर, वाटर फाउण्टेन लगायतका संरचनाहरु रहेका पोखरेलले बताए ।
पोखरालाई स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षक गन्तव्य भनिरहँदा उनीहरुको बसार्इं लम्ब्याउन यसले थप सघाउ पुर्याउने उनको विश्वास छ ।
नयाँ स्थानको अवलोकनका साथै मनोरञ्जन र सिकाईसंगै लैजाने आफ्नो मुख्य उद्देश्य रहेको पोखरेलले बताए । उनका अनुसार पोखरा आउने पर्यटकका लागी उक्त केन्द्र भ्रमणको पुरकका रुपमा रहनेछ । विकासका लागी दृढ संकल्प आवाश्यक पर्नेमा उनको जोड छ ।

उक्त अवसरमा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जिवनप्रसाद आचार्यले पोखरा तारामण्डल र विज्ञान केन्द्रलाई अध्धयनशिल पर्यटक र विद्यार्थीहरुको हवका रुपमा विकास गर्न सकिने बताए ।
उनले वडामा विकासको क्रम तिव्र रहेको जनाउदै पर्यटकिय दृष्टिकोणले वडा नं. १६ अनुपम रहेको बताए । साथै विकासको अभियानमा हातेमालो गर्न उनले वडावासिहरुलाई आह्वान समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा सहभागीलाई सञ्चालक समिक्षा आचार्यले विज्ञान केन्द्र र तारामण्डलको प्रत्यक्ष अवलोकन गराएकी थिईन् ।

सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?