कोरोना साक्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अवधी पत्रकार संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ।
लामो समयदेखि सञ्चार संस्थामा आवद्ध रहेका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो।
नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन्। संघ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।
बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वर त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेश मिश्राले एक योद्धा गुमाएको साथै शाहको निधनको खबरले संघ स्तब्ध भएको विज्ञप्तिमार्फत जनाएका छन्।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो। लामो समयदेखि पत्रकारितामा आवद्ध रहँदै आएका शाही नेपालगञ्जबाट खबर नेपालगञ्ज डटकम अनलाईन सञ्चालन गर्दै आएका थिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु