काठमाडौं, २३ चैत । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ ।
कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् ।
औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको छ । तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । मन्त्री विश्वकर्माले भने, ‘जग्गा विवाद मिलाउन प्रयत्न गरिसकेका छन् । छिट्टै समाधान गरेर काम थाल्छौं र २ वर्षभित्र निर्माण सक्छौं ।’
मुलपानीमा ४७ आना जग्गाको मुआब्जा विवाद छ । स्थानीयबासीले सरकारले दिएको मुआब्जामा चित्त नबुझाएपछि रंगशाला क्षेत्रकै छेउमा सट्टा जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने सचिव महेशप्रसाद दहालले जानकारी दिए ।
मुआब्जा विवाद समाधान भए लगतै चालु आर्थिक वर्षमा विजियोजन भएको १० करोडले काम थाल्ने र अर्को वर्ष प्याराफिट निर्माण सक्ने योजना छ । २ वर्षमा सबै काम सकेर रंगशाला तयार बनाउने सचिव दहालले सुनाए ।
धुर्मुसलाई पोखरा जान प्रस्ताव
सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ । ‘डेढ वर्षमा रंगशाला बनाइसक्ने भए अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउँदा राम्रो हुन्छ’ सचिव दहालले भने, ‘हामीले पोखरामा जान प्रस्ताव गरेका छौं ।’
नभए काठमाडौंमा नै अर्को कुनै ठाउँमा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ । सरकारी प्रस्तावअनुसार जग्गा हेर्न धुर्मुस सुन्तली फाउण्डेसनका पदाधिकारीहरु पोखरा जाने तयारीमा छन् । पोखरामा क्रिकेट मैदान भएपनि रंगशाला बन्न सकेको छैन । पोखरा खेलकुदमन्त्री विश्वकर्माको गाउँ पनि हो ।

सम्बन्धित खबर
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’