भरतपुर – कमिसनको हिसावकिताव नमिल्दा कोरोना भाइरस विरुद्धको भ्याक्सिनको आयात रोकेको आरोप लागेका व्यवसायी सुरज बैद्यको कम्पनीले नापतौलमा ठगी गरेको पाइएको छ ।
चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा कम तौलको दाना बिक्री गरेको पाइएको भन्दै भरतपुर महानगरपालिका वडा नं -२३ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय चितवनलाई एक पत्र मार्फत जनाएको छ।
पत्र अनुसार भरतपुर -२३ का कुखुरा व्यवसायी मनोज कुमार बोहोराले उल्लेख गरिएको भन्दा कम तौल भएको भन्दै उजुरी दिएका थिए । बोहोराको उजुरी पछि वडा नं. २३ का वडा अध्यक्ष नरिनारायण पौडेल सहित सम्बन्धीत कार्यालय, स्थानीय र सुरक्षा निकायलाई समेत साक्षी राखेर दाना तौलिदां उल्लेखित भन्दा कम तौल देखिएको थियो ।
उद्योगले तौलमा ठगेको देखिएपछि कानुनी उपचारका लागि वडा कार्यालयले सिफारिस गरेको हो ।
विभाग मातहतको बीरगञ्जस्थित कार्यालयले किसानलाई बेचेको कम तौल भएका १० बोरा दाना जफत गरी उद्योगविरुद्ध अदालतमा ठगी मुद्दा हाल्ने भएको छ ।
गुणस्तर विभागका अनुसार तौल ठगीको आरोपमा स्ट्याण्डर्ड नाप तौल ऐन २०२५ अनुसार ठगीको आरोपमा उद्योगको अध्यक्षलाई नै मुद्दा चल्ने कानुनी प्रवधान छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद हुने कानुनी प्रावधान छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्