जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ ते’ अझ विकशित हुने क्रममा रहेको हुँदा यसको असर नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाले उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर भने नेपाली भूभागमा पनि पर्ने सम्भावना रहेको आकलन गरेको हो ।
सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश ,सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।
सो अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन समेत अनुरोध छ। अरब सागरमा विकसित भइ फैलिएको ‘ताउ ते’ चक्रवातका कारण भारतमा चार जनाको मृत्यु भएको छ। आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चक्रवातको असर कर्नाटमा धेरै परेको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् । साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ । भारतीय मौसम विभागले पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको बताएको छ ।
‘ताउ ते’ चक्रवातको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा हुने पूर्वानुमान गरिएको छ ।
चक्रवात भनेको के हो ?
चक्रवात भनेको सामुद्रिक आँधी हो । चक्रवातले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । यो एकदम शक्तिशाली हुन्छ ।
चक्रवात भनेको जहाँ वायुमण्डलीय चाप कम छ त्यहाँ धेरै कडा हावाहरू एक ठाउँमा जम्मा हुन्छ । तिनीहरू ठूलो घेरामा अघि बढ्छन् र आफैँ वरिपरि घुम्छन् । बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने गरिएको छ । अहिलेको यो चक्रवातको नाम ‘ताउ ते’ म्यानमारले राखेको नाम हो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु