पोखरा । कोरोना संक्रमणका कारण गण्डकीमा मंगलबार पनि थप १५ जनाको मृत्यु पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचाररत नौ जना सहित थप १५ जनाको मृत्यु पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -१४ निवासी ७२ वर्षीय वृद्ध, पोखरा -१३ निवासी ४६ वर्षीय पुरुष, मुस्ताङ जिल्ला थासाङ गाउँपालिका -४ निवासी ८५ वर्षीय वृद्ध, मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका -३ निवासी ५५ वर्षीय पुरुष, नवलपुर जिल्ला विनयत्रिबेणी गाउँपालिका -२ निवासी ४४ वर्षीय पुरुष, नवलपुर जिल्ला कावासोती नगरपालिका -११ निवासी ४२ वर्षीय पुरुष, बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका -७ निवासी ५४ वर्षीय पुरुष, बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका -१ निवासी २९ वर्षीय युवक, बाग्लुङ गलकोट नगरपालिका -१ निवासी ७८ वर्षीय वृद्ध र बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका -८ निवासी ७९ वर्षीय वृद्ध रहेका छन् ।
यस्तै, तनहुँ जिल्ला ब्यास नगरपालिका -३ निवासी ७० वर्षीय वृद्ध, तनहुँ जिल्ला देवघाट गाउँपालिका -५ निवासी ६८ वर्षीया महिला, पर्वत जिल्ला जलजला गाउँपालिका -४ निवासी २८ वर्षीय युवक, स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -९ निवासी ७२ वर्षीया महिला र गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका -७ घर भइ हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत ३६ वर्षीय पुरुष छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४२२ पुगेको छ।
नेपालमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिनु अगाडी चैत्र मध्येसम्म गण्डकीमा यो संख्या २०९ मात्र थियो ।



सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी