गण्डकी प्रदेशमा पुरानै मन्त्रीहरु दोहोरिने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज पुरानै अनुहारलाई दोहोराउँदै मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।
यहाँ सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री गुरूङले आज अर्थमन्त्री किरण गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दोहोर्याउने पक्का छ भने अन्य मन्त्रीहरु पनि दोहोरिने निकट श्रोतले बताएको छ ।
वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएपछि पद खुस्केका मन्त्रीहरुले पुरानै जिम्मेवारी पाउन लागेका हुन् । अहिले दिउँसो २ बजेपछि प्रदेश प्रमुखको निवासमा सपथको तयारी गरिएको छ ।
कोरोना संक्रमित रहेकै बखत दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले २९ गते नै क्याबिनेट गठन गर्न चाहे पनि मन्त्रीमण्डल विस्तार गर्न भने सकेका थिएनन् । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।
१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि विवादित भएपनि राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । मनाङ्गेलाई मन्त्री बनाएपछि ८ मन्त्रालय पुगेको थियो । मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारबारे सोमबार आफ्ना विश्वासका पात्रहरुसँग छलफल गरेका थिए । कोभिड–१९ संक्रमित भएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्रीले सोमबार रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग भेटेका थिए ।
गुरुङ सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ थिए । मुख्यमन्त्री दाबेदार गुरुङलाई आर्थिक मन्त्रालयको जिम्मेवारी सुम्पिएर फकाएकाले उनको विकल्प पिएस सरकारले खोज्दैन । भौतक पूर्वाधार तथा निर्माणमा रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमा विकास लम्साल, सामाजिकमा नरदेवी पुन मगर थिए । माओवादीका हरिबहादुर चुमान र लेखबहादुर थापा बाहिरिएपछि आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली छन् ।
२७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने छ । असार १ मा बजेट ल्याउनु अगावै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?