पोखरा जेसीजले कोरोनाको यो महामारीको समयमा संक्रमित तथा बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले एम्बुलेन्स सेवाका लागि जीप प्रदान गरेसँगै जेसीजले एम्बुलेन्स सेवा सुरु गरेको हो ।
पोखरा जेसीजका अध्यक्ष किरण केसीलाई प्रालिका अध्यक्ष ध्रुव बहादुर थापाले बुधबार जेसीजको सचिवालय पुरानोधारामा एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । फोर्स मोटर्सको जीप सहयोग मिलेसँगै पोखरा तथा आसपासका क्षेत्रमा एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने अध्यक्ष केसीले बताए ।
सो अवसरमा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आगामी दिनमा महानगर जेसीजसंग समेत सहकार्य गरी अगाडि बढ्ने बताए । यो महामारीको समयमा केहि भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत सवारी साधन उपलब्ध गराएको थापाले बताए ।
यस अगाडि प्रालिले २ वटा जीप नेपाली काँग्रेस कास्कीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न हस्तान्तरण गरिसकेको छ । यी जीपहरु कोरोनाको महामारीको समयभित्र यी संस्थाहरुले सामाजिक कार्यमा प्रयोग गर्न पाउनेछन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको संयोजक मिनराज खड्का थिए ।

एम्बुलेन्स आवश्यक परेको खण्डमा निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।
आकस्मिक रक्तदानमा १४ युनिट संकलन
यसैबीच, कोरोना महामारीको अवस्थालाई मध्येनजर गर्दै पोखरा जेसीजले सामाजिक सेवाभावका साथ आज आयोजना गरेको रक्तदान कार्यक्रममा १४ युनिट संकलन भएको छ । रक्तअभावको अवस्थालाई ख्याल गरेर आकस्मिक रुपमा रक्तदान गरिएको संयोजक सञ्जय पौडेलले जनाए । उनले रक्तदान कार्यक्रम रक्तसंचार केन्द्र पोखराको सहकार्यमा पोखराका विभिन्न स्थानमा मोबाइल गाडी लिएर अभियानकै रुपमा सञ्चालन गर्ने पनि बताए ।
प्रमुख अतिथि पोखराका मेयर मानबहादुर जिसीले अध्यक्ष किरण केसी र संयोजक सञ्जय पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । मेयर जिसीले सामाजिक भावनाले ओतप्रोत भएका युवा मनहरु यसरी सक्रिय भएकोमा खुशी व्यक्त गर्दै जेसीजलाई धन्यवाद दिए ।

खड्काको संयोजकत्वमा टास्क फोर्स गठन
कोभिड महामारीमा जेसिसको मन्त्र मानवताको सेवा अन्तर्गत मिनराज खड्काको संयोजकत्वमा ‘पोखरा जेसिस टास्क फोर्स’ समेत गठन गरिएको छ । समस्यामा परेका पीडित नागरिकको उद्धार तथा व्यवस्थापनमा यो फोर्स क्रियाशील रहनेछ ।
पोखरा जेसीजका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव भाइराज रानामगरले गरेका थिए ।

पोखरा जेसीजको सामाजिक कार्यमा सघाउन अनलाइन मिडिया पार्टनरमा गण्डकन्यूजले सहकार्य गरिरहेको छ ।
सम्बन्धित खबर
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती