चैत, २५ पोखरा । पोखरामा कुनै समय थियो, एलजी ग्रुप भनेपछि धेरै डराउथे । पोखराको लालीगुराँस टोलका युवाहरु भन्नेबित्तिकै अरु युवाहरु थर्कमान हुन्थे । लाली गुराँस टोल, एलजी ग्रुप भन्ने बित्तिकै ललित गुरुङलाई सम्झिन्छन् । काठमाण्डौमा अरु मुख्य गुण्डा नाइके सल्बलाउँदा पोखरामा गुण्डा नाइके नै ललित थिए ।
तर, पछिल्लो समय पोखरामा टोले गुण्डाको बिगबिगी भने छैन । एलजी ग्रुप छिन्न भिन्न भयो । अहिले एलजी एशोसियसनकै नाममा केहि समाजसेवाका काम गर्दै पुरानो छवि मेटाउने प्रयासमा युवाहरु छन् ।
पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाएको अभियोगमा ललित गुरुङसहित तीन जना पक्राउ परेका छन् । ललितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाउँदै आएका ललित यसअघि पनि पटकपटक पक्राउ परेका थिए । गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ ।
ललित तरुण दल लमजुङका उपसभापतिसमेत हुन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षणको खोज्दै तरुण दलको नेता बनेका थिए । ललितसँगै अन्य २ जनालाई पोखरा बैदामबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको अनलाइनखबरका लागि अमृत सुवेदीले लेखेका छन् । धाकधम्की देखाई चन्दा असुली गर्ने काममा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गरिएको र क-कसलाई धम्की दिएका थिए र कति चन्दा असुल गरिरहेका थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा-१२ बस्ने ३४ वर्षीय ललितसँगै शितलादेवी बस्ने २६ वर्षीय दिपेन्द्र परियार र पोखरा-५ बस्ने २५ वर्षीय संगम थापा पक्राउ परेका हुन् । आइतबार नै म्याद थप गरेर अनुसन्धान सुरु भएको जनाइएको छ ।
चन्दा, हातहतियार, कुटपीट लगायतमा पक्राउ परेका पटके गुन्डा हुन् । कास्कीको सुरक्षा स्थितिलाई बलियो बनाउन १५ वुँदे कार्ययोजनासहित अपराध नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखेर प्रहरीले अभियान चलाइरहेको छ ।
गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?