पोखरा । शुक्रबार गण्डकीमा थप जनामा १ हजार ५३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार ६७ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ५३ को रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३८३ जना, तनहुँका ५४ जना, गोरखाका ९८ जना, लमजुङका ३६ जना, नवलपुरका ७४ जना र स्याङ्गजाका ३२ जना छन् ।
यस्तै पर्वतका ६५ जना, बाग्लुङका २०४ जना र म्याग्दी जिल्लाका १०७ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ११३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसंगै, गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ।
शुक्रबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, तनहुँका तीन जना, स्याङ्गजाका दुई जना, नवलपुरका दुई जना र पर्वतका तीन जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४९३ पुगेको निर्देशनालयले जनाएको छ।



सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी