संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संघको पोखरामा मसाल जुलुस प्रदर्शन

संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संघको पोखरामा मसाल जुलुस प्रदर्शन

masal-julush

तस्विर : सामाजिक संजाल

पोखरा ।  संसद विघटनको विरुद्ध नेपाल विद्यार्थी संघले पोखरामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

राष्ट्रपति भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार पोखराको न्यूरोडस्थित महानगरपालिकाको कार्यालय अगाडी राँके जुलुस निकालेको हो ।

मसाल जुलुसमा उत्रिएका आधा दर्जन बढीको संख्यामा रहेका प्रदर्शनकारीलाई लगत्तै प्रहरीले हस्तक्षेप गरेको छ।

यसैबीच, प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको घटनाप्रति नेविसंघले खेद व्यक्त गरेको छ । उसले शान्तिपूर्ण रुपमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेर प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रहार गरेको आरोप लगाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ