पोखरामा कक्षा ८ को परीक्षा पनि नहुने

पोखरामा कक्षा ८ को परीक्षा पनि नहुने

school-maa-paddai

पोखरा महानगरपालिकामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा पनि नहुने भएको छ । महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गरी कोभिड १९ को महामारीका कारण भौति रुपमा परीक्षा सञ्चालन गर्न नसकिएको जनाएको हो ।

विद्यालयहरुले यसअगाडि सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक, परीक्षाको अंकलाई आधारमा मानी ५० प्रतिशत अंक प्रदान गर्ने निर्णय भएको छ ।

बाँकी ५० प्रतिशत अंक कक्षाकार्य, गृहकार्य, हाजिरी र अनलाइन कक्षामा भएका सिकाइ लगायतलाई आधार मानी विशषयगत शिक्षकले अंक प्रदान गर्ने गरी महानगर परीक्षा सञ्चालन तथा समन्वय समतिको मंगलबार बसेको बैठकले निर्णय गरेको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले बताए ।

विषयगत शिक्षकले एक्सल सिटमा भरेर प्रधानाध्यापकबाट प्रमाणित गरी २५ गतेभित्र महाशाखामा पठाइदिन अनुरोध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds