पोखरा, २८ चैत /दुर्घटनामा आफ्नो साथीको ज्यान गएपछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरे । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलमा सवार शोभाकान्त पनेरुको मृत्यु भएको थियो ।
मृतक पनेरु छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । दोषीमाथी कडा कारबाही सहित उचित राहतको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
विद्यार्थीहरुले पोखराका माईक्रोबस बन्द गरी नाराबाजी सहित प्रदर्शन गरे । सभागृह चोकमा विद्यार्थीहरुले नाराबाजी सहित केहिबेर प्रर्दशन गरे । विद्यार्थीको आन्दोलन पछि पोखराका माइक्रोबस सञ्चालनमा आएनन् । भित्रि बाटो र सानो माइक्रोबसहरु केही मात्रामा सञ्चालनमा आए ।
https://youtu.be/HDOYhw3i19w?t=9
मंगलबार बिहान ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ ख ३८७७ नम्बरको माइक्रोबसले माइक्रोबसले ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका स्याङ्जा घर भई पोखरा ड्यामसाइड बस्ने बिद्यार्थी पनेरुको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने २५ बर्षीय सन्दीप पौडेल गम्भिर घाइते भएकाछन् । उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ। माईक्रो बस चालक स्याङजा आधिखोलाका ३६ बर्षीय दिप्ती नारायण ढकाललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह