पोखरा । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदका बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपद् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको पार्टीका सभापति कृष्ण केसीले जानकारी दिए ।
पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गरी कोष निर्माण गरिने उनले जानकारी दिए। कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजारभन्दा बढी परिचालित हुने बताउँदै उनले यसका लागि पार्टीको क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका सबैलाई जुट्न आह्वान गरिएको बताए ।
नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार कोषको सञ्चालन र व्यवस्थापनका लागि एउटा छुट्टै समिति बनाइने भएको छ । विपदका बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भ्रातृ संस्था र उद्योग–व्यवसायीसँग छलफल गरेको उनले जानकारी दिए ।
उनका अनुसार अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको हो । त्यस्तै, कोरोना सङ्क्रमणपछि मृत्यु भएका अति विपन्न परिवारलाई क्रिया खर्चका लागि सहयोग गर्ने, औषधिको अभावमा रहेका दीर्घरोगीलाई औषधि सहयोग गर्ने र भदौ २४ गते विपी जयन्तीको दिन अति विपन्न, दलित र अपाङ्गता भएका एक हजार जनालाई सहयोग गर्नेलगायत निर्णय गरेको प्रवक्ता सिग्देलले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो