म्याग्दी । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले ‘आपत्कालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनीस्थित महासङ्घको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो ।
स्थापना भएकै दिन बैठकमा सहभागी शाखाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा रु एक लाखभन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिए । “पत्रकारका लागि पत्रकारकै सहभागितामा कोष स्थापना गरिएको हो”, शाखा अध्यक्ष पौडेलले भने, “कोषको रकम बढाउँदै लैजाने र ब्याजबाट आवश्यकताका आधारमा कार्यविधिअनुसार पत्रकारहरुलाई सहयोग गर्छौँ ।”
कोष परिचालन र सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्न शाखाका सचिव सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । आगामी बैठकमा कार्यविधिको मस्यौदा पेश गरिने सचिव गौतमले बताए ।
विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिकरूपमा विशेषगरी स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताए । म्याग्दीमा महासङ्घका ६२ सदस्य छन् ।
शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालीन र दीर्घकालीन कार्ययोजनाअनुसार पहिलो चरणमा आपत्कालीन कोष स्थापना भएको बताए । बेनीमा मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासङ्घले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको चार आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ । पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता र सीप विकासका लागि तालिम सञ्चालन गर्ने, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षयकोष बनाउने योजना बनाइएको छ ।
सम्बन्धित खबर
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
टिकटक बनाउने क्रममा बेनीस्थित कालिगण्डकी नदीमा चिप्लिएर २२ बर्षिय युवक बेपत्ता
पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते
पकेट क्षेत्रमा आलु उत्पादन घट्यो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’