पोखरा । गण्डकी प्रदेशसभामा प्रस्तुत आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल बिहीबार सकिएको छ ।
मंगलबारबाट तीन दिन सांसदहरुले विनियोजन विधेयक २०७८ का सिद्धान्त प्राथमिकतामाथि छलफल गरेका थिए । तर छलफलमा सहभागी विपक्षी दलका सांसदहरुले बजेट माथिको सिद्दान्त र प्राथमिकताबारे कुनै सुझाव नदिएर सत्तापक्षको कमीकमजोरी मात्र औंल्याइरहे ।
विपक्षीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतको भएको र यसअघि आफूहरुका कुनै सुझाव बजेटमा नसमेटिएकाले आफूहरुले सुझाव नदिएको विपक्षी सांसदहरुले प्रतिक्रिया दिए ।
बिहीबारको छलफल सुरु हुने बित्तिकै सत्तारुढ सांसदहरु (मन्त्री समेत) उठेर सदन अवरुद्ध गरे । उनीहरुले बुधबारको छलफलमा एमाले सांसद मनबहादुर गुरुङको मन्तव्य सभामुखले रेकर्डबाट हटाएकोमा आपत्ति जनाए । गुरुङले कार्य व्यवस्था परामर्श समितिका पदाधिकारी र सदस्यको राजीनामा मागेका थिए ।
विपक्षीले बजेटका सिद्धान्त र प्राथमिकतामा प्रश्न नै नराखेपछि सदनमा उठेका प्रश्नको जवाफ दिन गएका अर्थमन्त्री किरण गुरुङले जवाफ दिन कुनै विषय भेटेनन् । उनले प्रदेशले कोभिड नियन्त्रणमा गरेका कामहरुको बेलिबिस्तार लगाए । विपक्षी सांसदहरुले राखेको निर्वाचन क्षेत्र विकास कार्यक्रम बारेको आशंका मेट्दै मन्त्री गुरुङले सो कार्यक्रमले निरन्रता पाउने बताए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’