पोखरा । नेलम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। आइतबार नेलम्बो नेपाल कास्कीका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
नेलम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी गराए । उनका अनुसार ५२ हजार ६ सय ७० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
सत्यतथ्य समाचार संकलनमा अग्र पंक्तीमा खटिने श्रमजीवी पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्दै सहयोग गरिएको उनले बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै संघका अध्यक्ष सुवेदीले कोरोना महामारीको विषम् परिस्थितिमा पत्रकारको मर्मलाई बुझ्दै स्वास्थ्य सामाग्री सहयोग गरिएकोमा नेलेम्बो नेपाललाई धन्यवाद दिएका छन् । उनले प्राप्त स्वास्थ्य सामाग्री अनलाइन मिडियामा काम गर्ने पत्रकारलाई वितरण गर्ने बताए । नेलम्बोले हालसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेढ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु