गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वाेच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (क) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आज अन्तरिम आदेश भएको हो । पद खारेज नगर्न अन्तरिम आदेश आएपछि रासससँग कुरा गर्दै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।
“विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले कारबाही ग¥यो, जनताको भावनाविपरित जादिनँ भन्ने अडान कायमै थियो” सांसद थापाले भने, “अदालतले पुन ःबहाली गरेको छ, मैले आफ्नो अठान फेरि पनि छोड्दिन, अब पनि काँग्रेसको गठबन्धनलाई सहयोग गर्दिनँ ।” थापाले आफ्नो क्षेत्रमा विकास निर्माणले गति लिएकोमा सांसद पद जाँदा जनातामा निराशा छाएको भन्दै विकासका बाँकी काम पुरा हुनेमा आशावादी भएको बताए । उनले पार्टीले समेत कारबाही फुकुवा गर्ने आशा व्यक्त गरे ।
“जनमोर्चा अझै हिमालको डाँफेको जस्तै छाती भएको पार्टी हो भन्ने लाग्छ, फिस्टे चराको जस्तो छाती हुनु हुदैन” थापाले भने । उनले कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको स्पष्ट पारे ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी