म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण शुरु भएको थियो । झ्याप्रेखोला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल कडेलले दुई वर्षको अवधिमा ७१० मिटर पक्की नहर निर्माण सकिएको जानकारी दिए।
चालु आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयको रु १४ लाख ४५ हजार अनुदान र उपभोक्ताको रु एक लाख ५३ हजार श्रमदानबाट २७० मिटर नहर निर्माण भएको छ । यसैगरी मुहान संरक्षणका लागि १५ थान ग्यावियन पर्खाल निर्माण भएको छ ।
“गत पुस महिनामा सम्झौता गरेर असारमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ”, अध्यक्ष कडेलले भने, “हामीले वैशाखमै निर्माण सकेर अन्तिम किस्ताको भुक्तानीसमेत लिइसक्यौँ ।” स्थानीय मजदुर परिचालन गरेर नहर निर्माण भएको थियो ।
गत आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयको रु २८ लाख अनुदान र उपभोक्ताको रु तीन लाख बराबरको श्रमदानमा ४८० मिटर नहर, मुहान र १० थान ग्यावियन पर्खाल निर्माण भएको थियो । अहिलेसम्म निर्माण भएको नहरबाट मौरेनीसम्म सिँचाइका लागि पानी चलाइएको छ ।
झ्याप्रे खोलामा मुहान भएको यो आयोजनाबाट १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुग्ने खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका इञ्जीनियर बालकृष्ण बुढाथोकीले बताए । कुल दुई हजार ५०० मिटर नहर निर्माण भएपछि आयोजनाले पूर्णता पाउनेछ ।
आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको कार्यालय र उपभोक्ता समितिले जनाएका छन् । सिँचाइ सुविधा भएपछि खाद्यबालीका साथै सुन्तला, किबीलगायत फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी मदन सापकोटाले बताए।
नहरबाट पानी चलाइएको ठाउँमा यसपालि मध्य जेठमै धान रोपाइँ सकिएको छ । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था थियो ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो